तालिबानको सत्ता कब्जापछि दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

तालिबानको सत्ता कब्जापछि दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै

एजेन्सी । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तान जान खोज्नेमा विद्यार्थी, पूर्व सुरक्षाकर्मी, व्यावसायीदेखि व्यापारीसम्म छन् । तालिबानको शासनमा आफूहरुले पढ्न नपाउने भएकोले कतिपय किशोरीहरु रातारात भागेर पाकिस्तान पुगेका छन् । तालिबानले यसअघि नै महिलालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । तर, उत्तर अफगानिस्तानका मानिसहरु भने आफूहरुमाथि जुनसुकै बेला कारबाही हुने डरले देश छोडेको बताएका छन् ।

देश छोडेका अफगानीमध्ये केहीका छिमेकी, साथी र परिबारका सदस्य पाकिस्तानमा रहेको र कोहीको पाकिस्तानमै घर छ । त्यस्तै, देश छोड्नेमा अफगान सरकारका सुरक्षाकर्मी उल्लेख्य छन् । तालिबानले कुनै पनि बदला लिन सक्ने डरले उनीहरु सुरक्षाका लागि पाकिस्तान जान लागेका हुन् ।

अल्पसंख्यक हजरा समुदायका व्यक्ति पनि पाकिस्तानमा जान चाहेको बताएका छन् । ‘तालिबान हामीप्रति कठोर छन् । उनीहरुको शासनकालमा अफगानिस्तानमा हामीले सोचे जस्तो आनन्द पाउँदैनौं । त्यही भएर घर छोडेर हिडेका हौं’ हजरा समुदायकी एक महिला भन्छिन, ‘घर छोड्दा हामी निकै त्रसित थियौं ।’

यता काबुल विमानस्थलबाट अफगानिस्तान छोड्नेहरुको संख्या पनि त्यसतै रहेको छ । विमानस्थलबाट हालसम्म ८२ हजारभन्दा धेरै अफगानी तथा अन्य देशका नागरिकहरुको उद्धार गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);