नेपाल यू–१९ टोलीले खेल्ने विश्वकप छनोट रद्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

नेपाल यू–१९ टोलीले खेल्ने विश्वकप छनोट रद्द

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यू–१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द गरेको छ ।

आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरिएको जनाएको छ ।

एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ । छनोट रद्द भएसँगै नेपालको यू–१९ विश्वकप खेल्ने सपना सकिएको छ ।

यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ । अमेरिका क्षेत्रबाट क्यानडा र इस्ट एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन् ।

युरोप र अफ्रिका क्षेत्रको छनोट भने आयोजना हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);