प्रशिक्षक अब्दुल्लाह भन्छन् : ‘आइएम आउट, लेट्स पोलिटिक्स वर्क’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रशिक्षक अब्दुल्लाह भन्छन् : ‘आइएम आउट, लेट्स पोलिटिक्स वर्क’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

प्रशिक्षक अल्मुताईरीको राजीनामा प्रकरणपछि उब्जिएको विवाद छानविन समितिले प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको नेतृत्वको समितिले राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

११ बुँदे प्रतिवेदनमा प्रशिक्षक अब्दुल्लाहले आफ्नो बानीलाई सुधार्नुपर्ने ठहर गरेको छ । प्रशिक्षक अब्दुल्लाहले व्यवसायिक आचरण र व्यक्तिगत व्यहोरामा सुधार गर्नुपर्ने र खेलाडीलाई गुणस्तरीय प्रशिक्षण दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

प्रतिवेदन सार्वजनिक भएको केही समयमा नै अब्दुल्लाहले सामाजिक सञ्जालमा ‘आइएम आउट, लेट्स पोलिटिक्स वर्क’ भनेर लेखेका छन् । यसको अर्थ ‘म बाहिरिए, राजनीति गर्नेलाई गर्न देउ’ भनेर उल्लेख गरेका छन् ।

यति बेला प्रशिक्षक अब्दुल्लाहले नेपाली टिमलाई पोखरामा प्रशिक्षण दिइरहेका छन् । २५ सदस्यीय टोली साफ च्याम्पियनसिप र आगामी १७ र २० गते भारतसँग हुने मैत्रीपूर्ण खेलको तयारीमा छ ।

यसअघि गत साउन १० गते मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूलाई तनाव दिइरहेकाले राजीनामा दिने घोषणा गरेका थिए । तर राजीनामा भने दिएनन् ।

लगत्तै आरोपित नेम्वाङले पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध षड्यन्त्र भएको र दोषी ठहरिए पदबाट राजीनामा दिने बताएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);