नेप्सेका सिइओ साउदद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

नेप्सेका सिइओ साउदद्वारा राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले अर्थ मन्त्रालयको अनुसन्धानलाई सहयोग पुर्याउन भन्दै राजीनामा दिएको बताएका छन् ।

सर्वोत्तम सिमेन्टको शेयर एकाघरको परिवारभित्र खरीद गरी विवादमा तानिएपछि नेप्से प्रमुख साउदले राजीनामा दिएका हुन् । उनले चार वर्षे कार्यकाल साढे एक महिना बाँकी छँदै राजीनामा दिएका हुन् ।

विसं २०७४ असोज २३ गतेको मन्त्रिपरिषदको बैठकले निर्णयबाट अर्थबाट प्रस्तावित तीन जनामध्येबाट साउदलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा नियूक्त गरेको थियो । उनले संघीय संसद्को अर्थ समितिको साउन ३२ गते सोमबारको बैठकमा उपस्थित भएका साउदले ओटीसी मार्केटमा शेयर किनबेच गर्न कानूनले रोक नलगाएको भएपनि आफ्नो पदीय मर्यादा र जिम्मेवारीका हिसाबले शेयर खरीद गर्नु गल्ती भएको महसुस गरेको बताएका थिए ।

संसदको अर्थ समितिका सदस्यहरुले नियामक निकायका प्रमुख शेयर कारोबारमा संलग्न भएको भन्दै निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउदै स्पष्टीकरण समेत सोधिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);