सेफ हाउसको काम ५ वर्षमा पनि अलपत्र | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

सेफ हाउसको काम ५ वर्षमा पनि अलपत्र

बिष्णु गौतम,
पर्वत । हिंसामा परेका र आश्रय विहीन महिला–बालबालिका राख्नका लागि सरकारी स्तरबाट निर्माण थालिएको सुरक्षित घर (सेफ हाउस) अलपत्र परेको छ ।

कुश्मा नगरपालिका ५ मा पाँच वर्ष अघि डेढ करोड लागत अनुमानसहित थालिएको काम अलपत्र अवस्थामा छ । २०७३ असारमा बडागाउँस्थित कारागार नजिकै ८ आनामा सेफ हाउस निर्माण थालिएको थियो । तत्कालीन महिला तथा बालबालिका कार्यालयको नाममा रहेको जग्गामा अहीले निर्माणका लागि बनाइएका पिल्लरका डण्डी खिया लागेका छन् ।

साढे २ तलाको १८ कोठे भवन एक वर्षभित्रै बनाउन कुस्मा नगरपालिकाका प्राविधिकले करिब डेढ करोडको स्टिमेट गरेका थिए । जग बसाएपछि निर्माण रोकीएको भवन चाँडैनै निर्माण शुरु हुने कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामीछानेले बताइन । उनले भनिन् , ‘सेफ हाउस निर्माणमा भएको ढिलाईप्रति हामी गम्भिर छौं । चाँडै काम अगाडि बढाउँछौं ’ ।

तत्कालीन समयमा भवन बनाउन जिल्ला विकास समिति, नगरपालिका, संविधानसभा सदस्य, राजनीतिक दलका नेता, सामाजिक अगुवा निकै सक्रियता देखएको भएपनि निमार्ण रोकीदै आएको छ जग खन्ने, पिलर उठाउने र दोहोरो बिम बाँधेर टाइपिङ गरिएपछि काम रोकिएको निर्माण समीतीका अध्यक्ष लोकनाथ आचार्यले बताए । उनले भने, ‘निर्माण थाल्नुअघि बोलकबोल गरेका सरकारी निकायबाट रकम नपाएपछि काम रोकिएको हो । भवन बनाउन १ करोड ५२ लाखको बजेट स्टिमेट गरिएको भएपनि पैसा निकास नहुँदा काम रोकियो ।’

भवन पूरा गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयमा धेरैपटक बजेट मागिए पनि सुनुवाइ नभएको समितिका पदाधिकारीहरुले बताएका छन् । तत्कालीन समयमा निकास हुने भनिएको रकम समेत नउठेका कारण भवनको निर्माण कार्य रोक्नु परेको गुनासो समीतीले गर्दै आएको छ । सेफ हाउस नहुँदा अहीले हिँसामा परेका पिडीतीहरुलाई सुरक्षाको लागि कास्की सेफ हाउसमा पठाईदै आईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);