उम्मेदवार बनाउन नेपाली कांग्रेसलाई महिला नेतृत्वको दबाव | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

काठमाण्डौँ, १२ कार्तिक । नेपाली कांग्रेसका महिला नेतृहरुले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिएका छन् । समानुपातिक निर्वाचनमा महिला उम्मेद्वारी सुनिश्चि भएपनि प्रत्यक्षतर्फ महिलालाई नेतृत्वले अविश्वास गरेको उनीहरुको गुनासो छ ।

दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन माग गर्दै कांग्रेसका केही नेतृहरु प्रधानमन्त्री निवास बालुवाटार पुगे । उनीहरुले पहिलो चरणको निर्वाचनमा पार्टीले महिलालाई प्रत्यक्ष तर्फ उम्मेदवार बनाउन कन्जुस्याईं गरेको गुनासो समेत गरे । काभ्रेकी कांग्रेस नेतृ कमला थापाले हार्ने ठाउँमा मात्र महिलालाई उम्मेदवार बनाएको गुनासो गरिन् । थापाले टिकट वितरणमा योग्य व्यक्तिलाई पाखा लगाउन खोजिएको आरोप समेत लगाईन् ।

उम्मेदवार छनोट गर्ने तहमा महिलाहरुको सहभागिता नहुनु र पार्टी भित्र महिलाहरुले नेतृत्वलाई दबाव दिन नसक्नुले टिकट वितरणमा महिलालाई पछि पारिएको उनीहरुको बुझाइ छ । पार्टीभित्र सक्षम र योग्य महिला भए पनि नेतृत्वले महिलालाई उपेक्षा गरेको उनीहरुको आरोप छ ।

पहिलो चरणको निर्वाचनका लागि राजनीतिक दलहरुले महिला उम्मेदवारलाई प्राथमिता दिएका छैनन् । १ सय ११ पदमा हुन लागेको निर्वाचनमा थोरै मात्र महिला उम्मेदवारी परेको छ । पहिलो चरणको निर्वाचन अन्तरगत प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका ३ सय २० जनामा १८ जना मात्र महिला उम्मेदवार छन् । त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी दिएका ४ सय ८२ जनामा २४ जना मात्र महिला उम्मेदवार रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);