बाजुरा । जगन्नाथ गाउँपालिका १ पिलुचौर बस्ने ५० बर्षीय पुर्ण बहादुर बिष्टको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।
सोही ठाउँस्थित बड्डीगाड जलबिद्युत आयोजनाको पावर हाउसमा जम्पर हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बाजुरा सामुदायिक हस्पिटल पिलुचौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।