नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जना पक्राउ

धनुषा । मिथिला नगरपालिका ७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको तार चोरी गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका ७ बस्ने महोत्तरी बर्दिवास नगरपालिका १२ घर भएका ३७ वर्षीय नथु भन्ने मनिराज परियार र मिथिला नगरपालिका ६ बस्ने ढल्केबरस्थित एमके मेटल स्टोरका संचालक ६९ वर्षीय नन्दकिशोर ताम्राकार रहेका छन् ।

उक्त विद्युत प्राधिकरण प्रसारण निर्देशनालय ढल्केबर सव स्टेशन परिसरमा ४ सय केभी नेपाल भारत विद्युत व्यापार आयोजनाको स्टोर गरि राखिएको तामाको अर्थ कन्डक्टरको ड्रमबाट परियारले होक्सो व्लेडले तार काटि रहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय ठल्केबरबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धान गर्ने क्रममा परियारले तार चोरी गरी एमके मेटल स्टोरमा बिक्री गरेको भनी खुल्नआएपछि उक्त पसल तलासी गर्दा ३ लाख रुपैयाँ मुल्य बराबरको अन्दाजी २ सय ८६ केजी नाङगो तामाको तार फेला पारी ताम्राकार समेतलाई पक्राउ गरेको हो ।

Leave a Reply