अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा तालिबानको खानतलासी | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा तालिबानको खानतलासी

एजेन्सी । अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा तालिबान लडाकुहरू प्रवेश गरी खानतलासी गरेका छन् ।

अफगानिस्तानको कान्दहार र हेरात शहरस्थित दुई भारतीय वाणिज्य दूतावास भित्र तालिबानीहरू ताल्चा तोडेर भित्र प्रवेश गरी र खोज–तलासी गर्नुका साथै तोड्फोड समेत भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तालिबानीहरूले त्यहाँ रहेका गाडी सहित महत्वपूर्ण कागजातहरू साथमा लगेको बुझिएको छ । तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिँदै आएको छ ।

तालिबानीको पछिल्लो कदमपछी अफगानिस्तानमा रहेको भारतीय दूतावासहरू बन्द गरिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);