काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी पर्वहरु मनाउन आग्रह गरेको छ ।
प्रशासनले भदौ ८ गतेसम्म निषेधाज्ञा कायमै रहेको र कोरोना संक्रमण दर उच्च रहेकोले जनैपूर्णिमा तथा ऋषितर्पणी र गाइजात्रा लगायतका पर्वहरु स्वास्थ्य प्रोटोकलको पूर्ण पालना हुने गरी परम्परागत रुपमा सांकेतिक तवरले मनाउन आग्रह गरेको हो ।
प्रशासनले भीडभाडजन्य गतिविधि गर्न- नगराउन पनि सर्वसाधारण सबैलाई आग्रह गरेको छ ।