राजिव शाह,
सर्लाही । सर्लाहीमा साउन ३१ गते रातिदेखी हराएकी १६ वर्षीया किशोरीको शव परिवारले नबुझ्ने जनाएको छ ।
लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियङ्का भुजेलको शव कालिन्जोर खोला किनारमा पुरिएको अवस्थामा भेटेको ३ दिन भएको छ ।
बुधबार शव ल्याउदा कुहिएको अवस्थामा पोस्टमार्टम गरी जिल्ला अस्पतालमै राखिएको छ । पूर्व–पश्चिम राजमार्गस्थित कालिन्जोर पुलबाट करिव २ सय मिटर दक्षिणतर्फ गाडेको अवस्थामा युवतीको शव फेला परेको हो ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गाउँकै १८ वर्षीय किसन साह र १९ वर्षीय अनिस दाहाललाई पक्राउ गरेको छ । आफन्तले सामूहिक बलात्कारपछि हत्या भएको बताएका छन् ।
बुधबार दिउँसो २ घण्टा पुर्व पश्चिम् राजमार्गमा टायर बालेर बिरोध प्रदर्सन गरेका थिए । हत्या थप संगलग्न हुन सक्ने भन्दै स्थानिय र आफन्तहरुले चर्को नारा बाजी सहित बिरोध गरेका थिए ।
प्रहरीले भने थप अनुसन्धान र पोष्टमार्टमपछि युवतीको मृत्युको कारण खुल्ने जनाएको छ । उनीहरुविरुद्ध हिजो सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।