एमाले समाजवादीको सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

एमाले समाजवादीको सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधव कुमार नेपाल नेतृत्वको एमाले समाजवादी निर्वाचन आयोगमा सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

बिहीबार समाजवादी केन्द्रले गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ अन्तर्क्रियामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने, ‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ। ‘

अध्यक्ष दाहालले लोकतन्त्र र संविधान सिध्याउने र रक्षा गर्ने अध्यादेश उस्तै नभएको तर्क प्रस्तुत गरेका छन् । उनले भने, ‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु हो। यो दुइटामा आकाश र जमीनको फरक छ । ‘

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);