कोरोनाको केस बढ्दै जाँदा अस्पतालका बेडहरु भरिन थालेको छ : डा. बस्नेत | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

कोरोनाको केस बढ्दै जाँदा अस्पतालका बेडहरु भरिन थालेको छ : डा. बस्नेत

काठमाडाैं । वीर अस्पतालका निर्देशक डा. प्राध्यापक भूपेन्द्र बस्नेतले पछिल्लो केही दिन यता कोरोना भाइरसका बिरामीहरु बढ्दै गएकोले अस्पतालमा बेडहरु भरिन थालेको बताएको छ ।

कोरोनाको तेस्रो लहरको तयारीको छलफलका लागि मंगलवार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा निर्देशक बस्नेतले अस्पतालहरुमा कोरोना संक्रमितहरु बढीरहेकोले बेडहरु भरिन थालेको बताएको हो ।

उनले अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु कोरोना संक्रमितले बढी भरिएको बताए । कोरोनाको तेस्रो लहरबाट बच्नका लागि वीर अस्पतालले ४५ वटा कोभिड डेडिकेट आइसीयू सञ्चालन गरिरहेको र अन्य २० वटा आइसीयूहरु १/२ दिनमै चलाउने बताए । उनले कोरोनाबाट बचाउनका लागि अन्य आवश्यक कुराहरु थप्दै जाने बताए ।

उनले भने, “कोरोनाको केस बढ्दै जाँदा अस्पतालका बेडहरु भरिन थालेको छ, संक्रमित बढ्न थालेका छन्, अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु बढी भरिएका छन् । वीर अस्पतालमा हाल ४५ वटा कोभिड डेडिकेट आइसीयूहरु छ, त्यस्तै अरु २० वटा आइसीयू १/२ दिनभित्रै चल्ने गरी निर्माण भइरहेको छ, सबै जडान भइसकेको छ ।

निर्देशक बस्नेतले तेस्रो लहरको कोरोनाबाट बच्नका लागि सरकारले काठमाडौं उपत्यकामा १४ वटा र हरेक प्रदेशमा १/१ गरी २१ वटा अस्पताल छुट्याएको बताए ।

उनले भने, “कोभिड १९ हेर्नका लागि सरकारले काठमाडौंमा वीर अस्पतालसहित १४ वटा अस्पताल छुट्याएको छ, त्यस्तै हरेक प्रदेशका १/१ वटा गरी ७ वटा अस्पताल छुट्याएको छ, आवश्यक परे निजी अस्पतालहरुसँग पनि समन्वय गरेर काम अघि बढाइनेछ ।

निर्देशक बस्नेतले कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले आवश्यक्तालाई हेरेर निजी अस्पतालहरुसँग समन्वय गर्दै काम अघि बढाउने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);