यू-१७ विश्वकप फुटबलमा इङ्ल्यान्ड विजयी, ब्रिउस्टरले पाए गोल्डेन बुट | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

काठमाडौं, १२ कार्तिक। इङ्ल्यान्डले स्पेनलाई ५-२ ले हराउँदै फिफा अण्डर सेभेन्टिन विश्वकप फुटबलको उपाधि हात पारेको छ। भारतको कोलकातामा शनिबार राती भएको फाइनलमा दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

खेलको १० औं र ३१ औं मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए। पहिलो हाफमै इङ्ल्यान्डका रायन ब्रिउस्टरले एक गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। दोस्रो हाफमा इङ्ल्यान्डले चार गोल थप्यो। उसका लागि फिल फोडेनले दुई गोल गर्दा गिब्स ह्वाईट र मार्क गेहीले एक-एक गोल थप्दै उपाधि सुरक्षित गरे। प्रतियोगितामा सर्वाधिक ८ गोल गरेका इङ्ल्यान्डका रायन ब्रिउस्टरले गोल्डेन बुट पाए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);