संरक्षित वन्यजन्तु सालकको खपटा सहित २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

संरक्षित वन्यजन्तु सालकको खपटा सहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटा सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका २ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४० वर्षीय धन बहादुर योञ्जन रहेका छन् ।

संरक्षित वन्यजन्तु सालकको खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्री। उय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपटा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाईएको उक्त व्यूरोले जनाएको छ ।

Leave a Reply