एजेन्सी । अफगानिस्तान विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेकका देशका सम्पूर्ण मुख्य शहरहरुमा कब्जा जमाएको छ ।
तालिबानले आइतबार बिहान पूर्वी शहर जलालावादमा कब्जा जमाएसँगै राजधानी काबुलबाहेक सबै मुख्य शहरहरुमा कब्जा जमाउन सफल भएको हो ।
अफगान सुरक्षाकर्मीले विना कुनै प्रतिकार जलालावाद तालिबानलाई छोडिदिएको अफगानिस्तानका एक पत्रकार तथा अधिवक्ताले ट्वीटरमार्फत जानकारी गराएका छन् ।
शनिबार मात्रै तालिबानहरुले उत्तरी अफगानिस्तानको महत्वपूर्ण शहर मजर–इ–सरिफ कब्जा गरेको थियो ।
अहिले तालिबानले काबुललाई चारैतिरबाट घेरेर तालिबान कब्जाको लागि अघि बढीरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।