कुल २३ खेलका ७ सयभन्दा बढी खेलाडीले खोप लगाईसकेका छन्ः राखेप | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

कुल २३ खेलका ७ सयभन्दा बढी खेलाडीले खोप लगाईसकेका छन्ः राखेप

काठमाडौं । अन्तर्राष्ट्रिय एरिनामा राष्ट्रिय झण्डा बोक्ने खेलाडी यति बेला खेलकूदका प्रतियोगिता आयोजना हुन नसक्दा फुर्सदिला छन् । तिनै खेलाडीले घरेलु अभ्यासबाट आफूलाई फिट राख्न प्रयास गरिरहेका छन् । केही खेलाडीले आफ्नै पहलमा खोप लगाइसकेका छन् भने केही खोप पाउने आशामा रहेका छन् । राष्ट्रिय खेलकूद परिषद् राखेपले समन्वय गरेर अहिले सम्म अधिकांश खेलाडी तथा खेलकर्मीले खोप लगाएको बताएको छ ।

सरकारले अग्रपंत्तिमा कार्यरतलाई कोरोना विरुद्धको पहिलो र दोस्रो डोजको खोप उपलब्ध गराईसकेको छ । त्यसपछि वृद्धवृद्धलाई खोप दिइएको छ । विभिन्न क्षेत्र एवं संघ संस्था एवं कर्मचारीले समेत खोप लगाईसकेको छन् । राष्ट्रका गहना भनिएका खेलाडीको हकमा पनि अधिकांश खेलकूदकर्मीले राष्ट्रिय खेलकद परिषदको समन्वयमा लगाइसकेको राखेपले जनाएको छ । राखेपको समन्वयमा फुटबल, क्रिकेट, ब्याडमिन्टन गरी कुल २३ खेलका ७ सय भन्दा बढी खेलाडीले खोप लगाएको राष्ट्रिय खेलकूद परिषदका विभागीय प्रमुख कुलबहादुर थापाले बताए ।

राखेपले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने खेलाडीलाई स्वास्थ मन्त्रालयसँगको समन्वयमा दुई पटक गरेर कोरोना विरुद्धको खोप उपलब्ध गराइसकेको छ । पहिलो चरणमा राखेपले आफ्नै प्राङ्गणमा खेलकूदसँग सम्बन्धित व्यक्तिहरुले लगाइसकेका छन् । जसमा राखेपका कर्मचारी, खेल पत्रकार र संघका पदाधिकारी पनि अटाएका थिए । अब छिटफुटहरुको लागि राखेपले नै सम्बन्धित संघको सिफारिसमा आएकालाई टेकु अस्पतालसँग समन्वय गरेर खोप उपलब्ध गराउने विभागीय प्रमुख कुल बहादुर थापाले जानकारी दिए ।

कोरोनाविरुद्धको खोपबाट अहिले सम्म ७ सय भन्दा बढि खेलकूदसँग जोडिएका पदाधिकार र खेलाडीले लगाइसकेका छन् । तत्कालै आयोजना हुने खेलका लागि पहिलो प्राथमिकता दिइएको छ भने बाँकी खेलका पदाधिकारीले पनि लगाइसकेको राखेपले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);