लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी भुटनदेवीबाट खटिएको टोलीले हेटौंडा–१० बाट ५ हजार ४ सय नाईट्रोभेट ट्याब्लेट सहित मकवानपुर ईन्द्रसरोवर गाउँपालिका–३, महादेवस्थानका ३० बर्षीय मनिष ठकुरीलाई पक्राउ गरेको हो ।

बा. प्र. ०२–०२२ प ३७२९ नम्बरको मोटरसाईकलमा सवार ठकुरीलाई चेकजाच गर्ने क्रममा लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

Leave a Reply

ताजा समाचार