पूर्व कप्तान पारसले लगाउँदै आएको जर्सी अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नहुने | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

पूर्व कप्तान पारसले लगाउँदै आएको जर्सी अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नहुने

काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले लगाउँदै आएको ७७ नम्बरको जर्सी अन्तराष्ट्रिय क्रिकेटमा प्रयोग नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पूर्व कप्तान पारसले प्रयोग गरेको जर्सी रिटायर्ड गर्ने निर्णय गरेको हो ।

पारसले नेपाली क्रिकेटमा दिएको योगदानको सम्मानमा उनले प्रयोग गर्दै आईरहेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने निर्णय गरेको क्यानले जनाएको छ । ३४ वर्षीय अलराउण्डर पारसले गत मंगलबार अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए ।

१७ वर्षे अन्तराष्ट्रिय क्रिकेट करियरमा पारसले नेपाली क्रिकेट लेजेण्डको रुपमा आफुलाई स्थापित गरेका थिए ।

Leave a Reply