टोकियो ओलम्पिकको अन्तिम दिनमा चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८१, सोमबार

टोकियो ओलम्पिकको अन्तिम दिनमा चीनलाई उछिन्दै अमेरिका पदक तालिकाको शीर्ष स्थानमा

olampik tokyo

एजेन्सी । टोकियो ओलम्पिकको आइतबार अन्तिम दिनमा अमेरिका चीनलाई उछिन्दै पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

जापानको टोकियोमा जारी ओलम्पिकमा आइतबार बिहान भएको महिला बास्केटबाल र साइक्लिङ ट्रयाकमा स्वर्ण हासिल गरेसँगै अमेरिका चीनलाई उछिन्दै शीर्ष स्थानमा उक्लेको हो ।

आइतबार बिहान दुई स्वार्ण हात पार्दै अमेरिकाले चीनसँग स्वर्णमा बराबरी गरेको हो । आइतबार बिहान साढे १० बजेसम्म ३ सय ३३ स्वर्णको छिनोछानो भएको प्रतियोगितामा अमेरिकाले सर्वाधिक ३८ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित कुल एक सय १० पदकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

दोश्रो स्थानमा झरेको चीनले पनि समान पनि समान ३८ स्वर्ण जितेको छ भने रजत ३१ र कास्य १८ गरी जम्मा ८७ पदक हात पारेको छ ।

त्यसतै तेस्रो स्थानमा २७ स्वर्ण, १४ रजत र १७ कास्य गरी जम्मा ५८ पदकसहित आयोजक जापान पदक तालिकाको तेस्रो स्थानमा रहेको छ । यस्तै २१ स्वर्ण, २१ रजत र २२ कास्य गरी ६४ पदकसहित चौथो स्थानमा रहेको छ ।

२० स्वर्णसहित रसियन ओलम्पिक कमिटी पाँचौ, १७ स्वर्णसहित अष्ट्रेलिया छैठौँ र १० स्वर्ण सहित नेदलल्याण्द्स, जर्मनी र इटाली क्रमश सातौं, आठां र नवौं स्थानमा रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);