एजेन्सी । बंगलादेशले तेस्रो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई पराजित गर्दै ऐतिहासिक उपलब्धि हात पारेको छ ।
बंगलादेशको राजधानी ढाकामा शुक्रबार भएको खेलमा अष्ट्रेलियालाई १० रनले पराजित गदै दुई खेल अघि नै श्रृंखला जितेर बंगलादेशले ऐतिहासिक उपलब्धि हात पारेको हो ।
बंगलादेशले २ खेल बाँकी छँदै श्रृखला ३–० ले जितेको हो । यो श्रृंखलाको पहिलो खेलमा २३ रन तथा दोस्रो खेलमा ५ विकेटको जितसंगै बंगलादेशले पहिलो पटक अष्ट्रेलियाविरुद्धको कुनैपनि क्रिकेटको श्रृखला पहिलो पटक कब्जा गरेको हो ।
शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाका मिचेल मार्शले ५१, बेन म्याकडेरमोटले ३५ रन बनाए । बंगलादेशका शोरीफूल इस्लामले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।
बंगलादेशका लागि कप्तान महमुद उल्लाहले ५२ र शकिब अल हसनले २६ रन बनाए ।