काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य ९२ हजार रुपैँया कायम गरिएको छ । बुधबार पनि सुनको मूल्य ९२ हजार रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य १० रुपैँयाले घटेकाे छ । महासंघका अनुसार बुधबार एक हजार २ सय ८५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य बिहीबार एक हजार २ सय ७५ रुपैँया सोही मूल्य कायम भएको छ ।