एजेन्सी । भारतसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इंग्ल्यान्ड अलआउट भएको छ ।
बुधबार नटिंघममा टस जितेर पहिले ब्याटिङ गरेको ईङल्यान्ड १ सय ८३ रनमा अलआउट भएको हो ।
इंग्ल्यान्डलेका लागि कप्तान जोए रुटले ६४ रनको अर्धशतकीय पारी खेले भने जोनी बेयर्स्टोले २९, साम करण र ज्याक क्रलीले २७, डम सिब्लीले १८ रन बनाए ।
इंग्ल्यान्डलेलाई सस्तैमा समेट्न जस्प्रित बुम्राहले ४ विकेट लिए । यस्तै, मोहमद शामीले ३, शार्दुल ठाकुरले २ र मोहमद सिराजले १ विकेट लिए ।
पहिलो दिनको खेल सकिँदा भारतले बिना विकेटको क्षतिमा २१ रन बनाएको छ । पाँच टेस्टको श्रृङ्खला खेल्न भारत इंग्ल्यान्डले भ्रमणमा छ ।