पूर्व राज्यमन्त्री राधिका तामाङ चुनावी प्रचार-प्रसारमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

पूर्व राज्यमन्त्री राधिका तामाङ चुनावी प्रचार-प्रसारमा व्यस्त

नुवाकोट १० कार्तिक । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको तर्फबाट टिकट पाएपछि यतिवेला नुवाकोटकी राधिका तामाङ चुनावी प्रचार-प्रसारमा जुटेकी छन् ।

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा नुवाकोट प्रदेश नं १ बाट उनले निर्वाचन लड्दै छिन् । पहिलो चरणमा हुने प्रदेश सभामा कायम गरिएको ७४ सीट मध्ये सबै दलबाट गरी जम्मा ५ जना महिला उम्मेदवारले  टिकट पाएका छन् ।

तामाङ समुदायकै प्रतिनिधित्व गर्दै उनी राज्यमन्त्री भएर इतिहास रच्न सफल भएकी थिइन् । पूर्व कृषि राज्य मन्त्री समेत भएकी उनलाई शालिन र इमान्दार व्यक्तित्वको रुपमा चिनिन्छ ।

जनयुद्धको समयमा वि.सं. ०६१ फागुन १ गते उनले विवाह गरेकी थिइन् । विवाह गरेको ३७ दिनमै उनले पति गुमाउनु परेको थियो । उनका पतिलाई तत्कालिन शाहि सेनाले मारेको थियो ।