सत्तारुढ कार्यदलको बैठक अपरान्ह पुनः बस्ने गरी सकियो | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

सत्तारुढ कार्यदलको बैठक अपरान्ह पुनः बस्ने गरी सकियो

काठमाडौं । सत्तारुढ कार्यदलको बैठक सकिएको छ ।

गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक साँझ फेरि बस्ने गरी सकिएको हो । गठबन्धनको सरकारको साझा मस्यौदा माथि छलफल भएको बैठकले हाललाई कुनै निष्कर्ष निकालेको छैन ।

मंगलबार अपरान्ह पुन बस्ने बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउने तयारी गरेको बताइएको छ । बैठकपछि कार्यदलले तयार पारेको प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि मात्र सार्वजनिक गरिने छ ।

गठबन्धनको सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन तीन दलका नेता सम्मिलित कार्यदल बनाइएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);