मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ सडक सञ्चालनमा ल्याइएको छ ।
गए राति धोर्सिङसहित अन्य स्थानमा झरेको पहिरोका कारण सडक अवरुद्ध भएपछि सोमबार बिहानैदेखि यातायात सेवा ठप्प भएको थियो ।
भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारीहरु सडक मै अलपत्र परेको थियो ।
सडक सञ्चालनमा आएसँगै ती सवारी साधनहरु काठमाडौंतर्फ प्रस्थान गरेको छ ।