विपक्षी गठबन्धनद्वारा सरकार गठनको आह्वान माग गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

विपक्षी गठबन्धनद्वारा सरकार गठनको आह्वान माग गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आह्वान गर्न माग गर्दैै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएको छ ।

विपक्षी गठबन्धमा रहेका नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख शेरचन समक्ष सोमबार संयुक्त निवेदन दिएका हुन् ।

निवेदनमा प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जसपा नेपालका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाबाट तारा जिसीले हस्ताक्षर गरेको बताइएको छ ।

मनिवेदनमा प्रदेशसभामा तत्काल कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्ने उल्लेख छ । विपक्षी गठबन्धनले लामो समयदेखि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वासको मत लिएर देखाउन चुनौती दिँदै आएका थियो ।

तर मुख्यमन्त्री पोखरेलले विभिन्न बहाना देखाएर विश्वासको मत लिन आनाकानी गरिरहेको भन्दै विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई गुहारेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);