मोरङ । जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्नबर्गका बासिन्दाकालागि आय आर्जनको माध्यम बन्ने गरेको छ ।
मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन भुटुनको जोहो गर्दै आएका छन् ।
उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ ।