ओलीले अध्यक्ष पदबाट राजीनामा दिएपछि मात्रै पार्टी एकता हुनसक्छ : नेतृ झाँक्री | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

ओलीले अध्यक्ष पदबाट राजीनामा दिएपछि मात्रै पार्टी एकता हुनसक्छ : नेतृ झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष पदबाट राजीनामा दिएपछि मात्रै पार्टी एकता हुनसक्ने टिप्पणी गरेकी छन् ।

काठमाडौंमा अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् । ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता सम्भव नभएको उनको तर्क छ । उनले भनिन्–‘जतिबेला राजनीतिलाई आजको यो स्थितिमा पु¥याउनेहरू मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ ।’

प्रतिगमनकारीले सामान्य प्रायश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन सक्छ ? भन्दै झाँक्रीले प्रश्न समेत उठाएकी छन् ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश भन्ने दुई थरि मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् ।

आफू पार्टी एकता विरोधी नभएको भन्दै झाँक्रीले अध्यक्ष ओलीबाट पुस ५ र जेठ ७ मा भएको प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् । तर यसको जवाफ अहिले कार्यदलले गरेको १० बुँदे सहमतिले दिन नसक्ने उनको जिकिर छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);