पाल्पा । पाल्पाका युवाहरुले कोरोना भाईरसको संक्रमणका कारण वैदेशिक तथा स्वदेशमै पनि रोजगार गुमाउन पुगेपछि व्यवसायीक कृषि तर्फ आर्कषित भएका छन् ।
वैदेशिक रोजगारी खोजी गरेका युवाहरु यतिखेर व्यवसायीक कृषि अन्तर्गत मौसमी तथा बेमौसमी तरकारी खेति, धान खेति, पशुपालन, कुखुरा पालन गर्न थालेका छन् ।
प्रदेश तथा स्थानिय सरकारले युवालाई स्वरोजगार बनाउन प्राविधिक, आर्थिक, यान्त्रीक तथा आधुनिकिकरणका लागि सहयोग गरेको छ ।