काठमाडाैं । पहिलो दिन शेयर बजार कारोबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीनहजार ५८ दशमलव ६३ विन्दुमापुगेको छ ।
योसँगै नेप्सेले ४१ दिनअघिको उच्चअंकको रेकर्ड तोडेको छ । यसअघि जेठ ३१ गते ३ हजार २६ अंकको रेकर्ड बनेको थियो। आजदुई सय २३ कम्पनीकाचार करोड ४१ लाखकित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमाकारोबार भएका छन् ।
आज बैकिङ समूहको शेयर ७२ अङ्कले, ब्यापार २, विकास बैंक १३, जलविद्युत७१, फाइनान्स २४, निर्जीवनबीमा ४८, उत्पादन७१, अन्य ६, माइक्रोफाइनान्स ८६ र जीवनबीमा समूह ३० अंकले बढेका छन्। होटल तथापर्यटन भने २२ अंकले घटेको छ । लक्ष्मीउन्नतिकोष, कुमारी इक्विटी फन्ड र लक्ष्मी डिबेन्चरको शेयर तीनप्रतिशतभन्दा धेरैले घटेको छ ।०००