जारी निषेधाज्ञा लम्ब्याउन सीडीओहरुको बैठक बस्दै, थप कडा गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

जारी निषेधाज्ञा लम्ब्याउन सीडीओहरुको बैठक बस्दै, थप कडा गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्न आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओहरुको बैठक बस्दै छ ।

उपत्यका लगायत देशभर नै संक्रमित संख्या पुन उकालो लागेकोले उपत्यकमा निषेधाज्ञा कडा बनाउने तयारी गरिएको बताइएको छ । गएको बैशाख १६ गते देखि जारी निषेधाज्ञालाई पटक पटक थप गरी मोडिलिटी परिवर्तन गर्दै लम्ब्याइएको छ ।

पछिल्लो पटक थप खुकुलो गर्दै थप गरिएको निषेधाज्ञा आइतबार राति १२ सकिँदैछ । यसै सन्दर्भमा निषेधाज्ञा थप गर्ने विषयमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो ।

थप गर्ने तयारीमा तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालय जुटेका छन्।

सीडीओहरुको बैठक बस्न अघि तीनै जिल्लाको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठक बस्ने र त्यसको सुझावको आधारमा सीडीओहरुको बैठकले निर्णय गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);