भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ९४२ संक्रमित, ५ सय ३५ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ९४२ संक्रमित, ५ सय ३५ को मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७ सय ४२ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा गरिएको १७ लाख १८ हजार ७ सय ५६ पीसीआर परीक्षणमध्ये ३९ हजार ९ सय ४२ मा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ९ सय ७२ ले कोरोना जित्न सफल भएका छन् भने पाँच सय ३५ ले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म भारतमा तीन करोड ५ लाख ४३ हजार १ सय ३८ले कोरोना जितेका छन् भने भाइरसका कारण मृत्यु हुनेको संख्या चार लाख २० हजार ५ सय ५१ पुगेको छ ।

भारतमा हाल चार लाख ८ हजार २ सय १२ सक्रिय संक्रमित रहेका छन् ।

भारतमा हालसम्म ४३ करोड ३१ लाख ५० हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);