मलेसियाबाट नेपालीको २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइयाे | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

मलेसियाबाट नेपालीको २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइयाे

काठमाडाैं । मलेसियाबाट एकैपटक नेपालीको २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको छ । मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव शनिबार वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका शव आफन्तको जिम्मा लगाइएको छ ।

शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपालीहरुको शव नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु ल्याइएको छ । सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

५ घन्टा अघि

Test Post Created

५ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

११ घन्टा अघि