झापा, ९ कात्तिक । काँग्रेस कार्यकर्ताले प्रतिनिधि सभा निर्वाचनमा नेता कृष्णप्रसाद सिटौलाई झापा क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन दवाब दिएका छन् ।
सिटौलाले आज गृह जिल्ला झापाका अगुवा कार्यकर्ता, बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा शुभचिन्तकसँग भेटघाट कार्यक्रम राखेका थिए ।
सो भेटघाट कार्यक्रममा सहभागी भएका सबैले सिटौलालाई राष्ट्रिय राजनीतिका धरोहर रहेको भन्दै प्रत्यक्षतर्फ नै उम्मेदवारी दिन सुझाव दिएका हुन् ।
नेपालको राजनीतिमा सिटौलाको अतुलनीय योगदान रहेको भन्दै काँग्रेस कार्यकर्ताले झापा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचनमा सिटौलाको विकल्प नभएको बताएका छन् ।