वाम गठबन्धनले १ सय २८ सिटको बाँडफाँट टुंगायो | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

काठमाडौँ, ९ कार्तिक । निर्वाचन क्षेत्र बाँडफाँट गर्न गठन भएको वामगठबन्धनको कार्यदलले दोस्रो चरणको निर्वाचनका लागि १ सय २८ सिटको बाँडफाँट टुंगाएको छ।

पार्टी एकता संयोजन समितिलाई कार्यदलले बाँडफाँटमा सहमति नजुटेका क्षेत्रको टुंगो लगाउने जिम्मा दिँदै अधिकांस क्षेत्रको सिटको टुंगो लगाएको छ।

प्राय सबै निर्वाचन क्षेत्रमा सिट बाँडफाँडको टुंगो लागे पनि केही निर्वाचन क्षेत्रमा माओवादी र एमालेको दाबेदारबीच कुरा नमिल्नाले कार्यदल टुंगोमा पुग्न सकेको छैन । दाङको २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र एमालेका शंकर पोखरेलले दाबी गर्दा कार्यदल टुंगोमा पुग्न सकेको छैन।

त्यस्तै चितवन – २ एमालेका शीर्ष नेता कृष्णभक्त पोखरेल र रामबहादुर थापा बादल दुवैले दाबी गरिहरेका छन्। कार्यदलमा एमाले सदस्य सुरेन्द्र पाण्डेले बुधबार कार्यदलले बाँडफाँटलाई अन्तिम रुप दिएर नेताहरूलाई प्रतिवेदन दिएको बताए।