तनहुँ । भिमाद नगरपालिका ८ भाबर बस्ने ५२ वर्षीय रन बहादुर सार्कीको सोही ठाउँस्थित एकुवार भिरबाट करिब २७ फिट तल खसेर बिहीबार साँझ मृत्यु भएको छ ।
रन बहादुर उक्त भिरबाट खसेर अड्की रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरीले उनको शव फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।