पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८१, बुधवार

पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता

नवलपरासी । नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं ५ मा पर्ने भैँसी खोलामा छिमेकीको मलामी गएर फर्किँदै गर्दा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल लम्का मगर बिहीबार अपराह्न डुबेर बेपत्ता भएकाे प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

बेपत्ता भएका मगरको इलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरी टोलीका साथै स्थानीयवासी मिलेर खोजी कार्य जारी राखिएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);