आज देशभर सामान्यदेखि पूर्ण बदली, केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज देशभर सामान्यदेखि पूर्ण बदली, केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

हाल देशभर सामान्य देखि पुर्ण बदली रहि कर्णालि र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, लुम्बिनि तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुर पश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको संभाबना रहेको हुनाले  पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरेखोलामा  पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);