निर्वाचन खर्च भन्दै बाबुरामले सुरु गरे फेसबुकबाट चन्दा संकलन | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

काठमाण्डौँ, ९ कार्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचनका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।

एक पटक सफल अर्थमन्त्री समेत भईसकेका नयाँ शक्तिका संयोजक भट्टराईले निर्वाचन खर्च नभएपछि आर्थिक अभियान थालेका हुन् ।

निर्वाचनलाई मितव्ययी, स्वच्छ र पारदर्शी बनाउन खुला स्वेच्छिक आर्थिक सहयोगको आग्रह गरेको भट्टराईले फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्– ‘म अपारदर्शी लगानी होईन, तपाइहरुको खुला स्वैच्छिक सहयोग चाहन्छु’ ।

bb-bhattrai

रकम जम्मा गरिदिन ग्लोबल आईएमई बैंक कान्तिपथ, काठमाडौं शाखाको खाता नम्बर र स्विफ्ट कोडसमेत दिएका छन् ।
डा.भट्टराई कांग्रेसको सहयोगमा गृहजिल्ला गोरखाको क्षेत्र नं. २ बाट चुनाव लड्नेछन् । उनको प्रतिस्पर्धा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठसँग हुने भएकाले त्यस क्षेत्रको निर्वाचनलाई रोचक रुपमा हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);