अभ्यास खेलका लागि नेपाली यू १९ क्रिकेट टोली बंगलादेश जाने | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

काठमाडौँ, ९ कार्तिक । यू १९ एसिया कप क्रिकेट अन्तर्गत अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश प्रस्थान गर्ने भएको छ।
नेपालले बंगलादेशसँग बिहीबार, शनिबार र आइतबार गरि ३ खेल खेल्ने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ।

नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताएका छन्। बंगलादेशका अनुसार सबै खेल क्रिडा शिखा प्रतिष्ठानमा हुनेछ।

यू १९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ ।