एमालेको केन्द्रीय कमिटीको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

एमालेको केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । २०७५ जेठ २ अघिको संचरना अनुसार ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बसेको हो । जेठ २ मा फर्किएको भएपनि बैठकमा नेता नेपालमा पक्षका नेताहरु भने उपस्थित भएका छैनन् ।

बैठकमा पार्टीको निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्ने, पार्टीको विधान अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।

पार्टीले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको भएपनि केही सांसदहरुले फ्रोलक्रस गर्दै पक्षमा मत दिएका थिए भने केही तटस्थ रहेका थिए । यसै सन्दर्भमा पार्टीको निर्देशन नमान्नेलाई कारबाही गर्ने तयारी बैठकमा हुने बताइएको छ ।

सर्वोच्च अदालतले संविधानको धारा ७५ को उपधारा ६ मा सांसदहरुलाई पार्टी ह्वीप नलाग्ने र कारबाही गर्न नपाउने फैसला सुनाए पनि एमालेले अनुशासनको कारबाही गर्न सकिने बताउँदै आएको छ ।

यसका साथै बैठकले साउन २५ गतेबाट बोलाउन लागिएको विधान अधिवेशनको तयारीका बारेमा पनि छलफल हुने एक नेताले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);