एजेन्सी । केन्यामा ईन्धन बाेकेकाे ट्यांकर विस्फोट हुँदा १३ जनाको ज्यान गएको छ भने कयौं घाइते भएका छन् ।
नैरोवीको उत्तरपश्चम क्षेत्रमा ईन्धन बाेकेकाे ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
दुर्घटना भएकाे ठाउँमा मानिसहरु जम्मा भए पछि त्यही समयमा ट्यांकर विस्फोट हुँदा १३ जनाको ज्यान गएको हो । विस्फोटमा परी धेरै मानिस घाइते भएका र घाइतेहरुको उपचार भइरहेको छ ।




