एमालेको केन्द्रीय कमिटी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ ।

आज ११ बजेपछि ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ । खास गरी आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुनसक्ने नेताहरुले प्रतिकृया दिएका छन् ।

यसअघि शुक्रबार एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्नुका साथै सर्वाेच्च अदालतको फैसलाको देशव्यापी भण्डाफोर गर्ने लगायतका निर्णय गरेको थियो ।

प्रतिनिधि सभा पुनस्र्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चले परमादेश जारी गरेपछि एमाले प्रमुख प्रतिपक्षि दल बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);