एमाले केन्द्रीय कमिटी बैठक सोमबारका लागि आह्वान | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

एमाले केन्द्रीय कमिटी बैठक सोमबारका लागि आह्वान

काठमाडौँ। नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । सोमबार बिहान एघार बजे ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने गरी केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।

त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय सचिव बस्ने भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् । शुक्रबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटीको बैठक राखेका थिए।

तर उक्त बैठकमा माधव नेपाल पक्षका नेताहरु बैठक रोक्न माग गर्दै पुगेका अभएपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकको कार्यासूचिअनुसारनै बैठक राखिएकाले बैठक नरोक्ने भनेपछि नेपाल पक्षका नेताहरु बैठकबाट बाहिरेका थिए ।

त्यस्तै एमाले अध्यक्ष ओलीले शुक्रबारनै संसदीय दलको बैठक समेत राखेका थिए । उक्त बैठकमा पनि माधव नेपाल पक्षका सांसदहरु अनुपस्थित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);