पश्चिम युरोपमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या १ सय २० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

पश्चिम युरोपमा आएको बाढीमा परि ज्यान गुमाउनेको संख्या १ सय २० पुग्यो

एजेन्सी । पश्चिम युरोपमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या एक सय २० पुगेको छ । ज्यान गुमाउने मध्ये धेरैजसो जर्मनीका छन् । बाढीका कारण पश्चिमी र दक्षिणी जर्मनीकादुई गाउँ तहसनहस भएका छन् । बाढीका कारण सयौँ घर बगेका छन् भने सयौँ सर्वसाधारण बेपत्ता भएका छन् ।

बाढीले जर्मनी, बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको जनजीवन प्रभावित बनेको छ । जर्मनीको राइनल्यान्ड प्यालाटिनेट राज्यका १३ सय नागरिक हराइरहेका बीबीसीको खबरमा उल्लेख छ । जर्मनीका मौसम विभागका प्रवक्ता एन्ड्रियास फ्रेडरिकले भीषण बाढी एक सय वर्षयताकै खतरनाक भएको बताएका छन् ।

एक महिनामा पर्नु पर्ने पानी २४ घण्टाभित्रै परेको यहाँको मौसम विभागले जनाएको छ । जर्मनीमानौ घण्टामा अधिकतम २ सय ७ मिलीलिटरसम्म पानी परेको बताइएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीमाआएको बाढीलाई विनाशकारी बाढीको संज्ञा दिएको छ ।

उनले बाढीका कारण विपत्तिमा परेका सर्वसाधारणको उद्धारमा जोडतोडका साथ लाग्न निर्देशन दिएको खबरमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);