काठमाडौँ। संघीय संसदको नवौं अधिवेशन अन्तर्गतको बैठक भोलि बस्ने भएको छ । आइतबार बस्ने संघीय संसदको बैठक अपरान्ह ४ बस्ने गरी बोलाइएको हो । संसद सचिवालयले भोलिका लागि २ सम्भावित कार्यसूची समेत तय गरेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले बताएका छन् ।
संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार सम्भावित कार्यसूचीमा राष्ट्रियसभा अध्यक्षले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पत्र सुनाउने कार्याक्रम तय भएको जानकारी दिएका छन् ।
त्यस्तै दोस्रो कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने कार्याक्रम तय भएको महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
![](https://i0.wp.com/emountaintv.com/ne/wp-content/uploads/2021/07/Rastiyasaba-karysuchi.gif?resize=1098%2C893&ssl=1)