दाङमा अनिश्चितकालीन निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

दाङमा अनिश्चितकालीन निषेधाज्ञा

दाङ। दाङमा अर्को सूचना जारी नहुँदा सम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार निषेधाज्ञा थप गरिएको भएयता पनि खुकुलो बनाइएको छ । बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म बजार खोल्ने निर्णय गरेको हो ।

त्यस्तै खाजा घर र चिया पसल बाहेक होटेल एवं रेष्टुरेन्टबाट सेवाग्राहीले तयारी खाजा लिएर जान पाउने उनले जानकारी दिए । त्यसका लागि बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुल्ला गरिएको छ ।

त्यसैगरी सरकारी कार्यालय, बैंक ता वित्तिय संस्थाहरू नियमित खुल्ला रहने छन् । त्यस्तै स्थानीय स्तरमा चल्ने सवारी साधनहरू बिहान ६ बजेदेखि बेलुका ८ बजे सम्म सञ्चालन हुने समेत उनले जानकारी दिए । विवाह, व्रतबन्ध लगायत अन्य संस्कारका लागि १५ जना सम्म जम्मा हुन पाइने र आफ्नै घरमा स्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नु पर्ने निर्णय भएको समेत उनको भनाइ छ ।

त्यस्तै सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, पार्टी प्यालेस, मनोरञ्जन स्थल, स्विमिङ पुल, जिमखाना, समूहमा खेल्ने खेलकुद, कभर्डहल, पुस्तकालय, सङ्ग्रहालय, शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, ट्युसन सेन्टर लगायत भने बन्द नै रहने छन् । त्यस्तै खुल्ला स्थानमा मानिसहरू भेला हुन, भिडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोज, भतेर गर्न, धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न भने रोक गरिएको समेत प्रजिअ कुरुम्बाङले जानकारी दिए ।

जिल्लामा गत बैशाख १७ गते देखि लागू भएको निषेधाज्ञा जारी रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);