आगामी रणनीतिबारे सत्तारुढ गठबन्धनमा छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आगामी रणनीतिबारे सत्तारुढ गठबन्धनमा छलफल

काठमाडौँ । सरकार गठन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको गठबन्धनको बैठकमा सरकारको काम र आगामी ३ गतेका लागि बोलाइएको संसद बैठकको विषयमा छलफल भएको हो ।

बैठकमा समसामयिक विषयमा कुराकानी भए पनि ठोस कुनै निर्णय नभएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए। खड्काले बैठक आह्वान भइसेको अवस्थामा कसरी अबका दिनमा अघि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताएका छन् ।

आजको गठबन्धनको बैठकमा एमालेका नेता माधवकुमार नेपालको उपस्थिति नभएपनि नेपाल पक्षबाट डा.विजय पौडेलको सहभागी रहेको थियो । बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादव, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र जसपा नेता राजेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);