सांसदहरुको एन्टीजेन परीक्षण गरिने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सांसदहरुको एन्टीजेन परीक्षण गरिने

काठमाडौं । संघीय संसद्का सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।

संसद सचिवालयले बिहीबार एक सूचना जारी गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको जानकारी गराएका हो ।

अबको केही दिनमा नै प्रतिनिधिसभाको बैठक आह्वान गरिने भएकाले सांसद, संसदका कर्मचारी तथा सचिवालयका कर्मचारी, संसदीय मामिलाका पत्रकारलगायतको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिने सूचनामा उल्लेख गरिएको छ ।

आगामी साउन १ गते शुक्रबार बिहान ११ बजेदेखि ४ बजेसम्म एन्टीजेन परीक्षण गर्न लागिएको सचिवालयले बताएको छ । परीक्षण अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल नयाँ बानेश्वरमा हुने छ ।

गएको सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्दै ७ दिन भित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो । आज बस्ने मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने तयारी गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);